
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले जनकपुरमा चुनावी अभियान सभा आयोजना गरेको छ ।
सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह लगायतका नेताहरूले सम्बोधन गर्दैछन् । सभालाई जेन-जी आन्दोलनका अगुवा पुरुषोत्तम यादव र रहबर अन्सारी, सोविता गौतम लगायतले अबको राजनीति रूपान्तरण र युवाको आकांक्षा सम्बोधनका लागि भएको बताएका छन् । युवा नेता अन्सारीले मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएको बताउनुभयो ।
मधेशी जनताको हितका लागि मधेशको अनुहार सिंहदरबार पुग्नुपर्ने उनीहरूको जोड छ ।