बालेन्द्रद्वारा मधेश आन्दोलनका सहिदको सालिकमा मार्ल्यापण

माघ ५, २०८२ |विनय आजाद
बालेन्द्रद्वारा मधेश आन्दोलनका सहिदको सालिकमा मार्ल्यापण

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गर्नुभएको छ । आन्दोलनका प्रथम सहिद रमेशमहतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव, अनिष अन्सारीलगायतको लहानस्थित रहेको शालिकमा बालेन्द्रले माल्यार्पण गर्नुभएको हो ।

जनकपुरस्थित जानकी मन्दिरमा पुजापाठ गरेर बिहानै लहान पुगेका बालेन्द्रसँग युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेता अमरेशकुमार सिंह पनि हुनुहुन्थ्यो । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा त्यसयता प्रत्येक माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गरिन्छ ।

सहिदको सालिकमा माल्यार्पण गरी बालेनसहितका नेताहरू जनकपुरमा आज हुने सभामा सहभागी हुने कार्यतालिका छ । 


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।