
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा बैंकलाई कारबाही गरेको छ ।
नियामकीय व्यवस्था उल्लंघन गरेकाले एनआईसी एशिया, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको लिखित आदेश तथा निर्देशन उल्लंघन गरेकाले एनआईसी एशिया बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।
त्यस्तै ग्लोबल आइएमई बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्णरूपमा पालना नगरेकाले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हकमा भने ग्राहकको सहिछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेकाले यसमा पनि सीईओलाई सचेत गराइएको छ ।