.png&w=1000&height=550)
काठमाडौं । दोस्रो महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगिता सुरू भएको छ ।
दशरथ रंगशालामा जारी प्रतियोगितामा साेमबार तीन खेल सम्पन्न भयो । सोमबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेश महिला टिमले बाग्मती प्रदेश महिला टिम लाई ४-० ले पराजित गर्यो । अंकिता अधिकारीले दोहोरो गोल गर्दा गण्डकीका लागि जितको बाटो सहज बनेको हो ।
त्यस्तै, गिता पुन मगर र सितामाया बरालले पनि १-१ गोलको योगदान दिए । सोमबार नै भएको दोस्रो खेलमा मधेश प्रदेशको महिला टिमले कोशीमाथि १-० को जित हात पार्यो । ३७औं मिनेटमा प्रिति दासले गरेको गोल नै मधेशको जितका लागि निर्णायक बन्यो ।
दिनको अन्तिम खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशमाथि २-० को जित दर्ता गर्यो । अशिम बाहिकले दुई गोल गर्दा गण्डकीले सहज जित दर्ता गर्यो ।