निर्वाचन आचारसंहिता आजदेखि लागू

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ४५ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले सरकारलाई त्यसबारे जानकारी पनि गराएको छ ।

यसपालीको निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल दुरुपयोगलाई रोक्न कडाइ गर्ने संयन्त्र पनि बनाइँदैछ ।

आचारसंहिता लागू भएसँगै कर्मचारीको सरुवा, बढुवा, नियुक्ती, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । अब नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्न पनि समेत पाइने छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.