देउवा पक्षका नेता विश्वकर्माको अपील : विवाद छोडेर फागुन २१ को निर्वाचनमा एकताबद्ध होऔँ

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
देउवा पक्षका नेता विश्वकर्माको अपील : विवाद छोडेर फागुन २१ को निर्वाचनमा एकताबद्ध होऔँ

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद तत्काल अन्त्य गरी फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर होमिन आह्वान गर्नुभएको छ। 

उहाँले सामाजिक सञ्जालमार्फत कांग्रेसको आन्तरिक कलहले केवल पार्टीलाई मात्र होइन, मुलुकको लोकतान्त्रिक प्रणाली र राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाएको उल्लेद गर्नुभएकाे हाे। विशेष महाधिवेशन, निर्वाचन आयोग र अदालतको भूमिकाप्रति असहमति जनाउँदै उहाँले ती विषय अब अदालतमा विचाराधीन रहेकाले सडक र पार्टीभित्रको झगडा रोकिनुपर्ने धारणा राख्नुभयो। 

“एकल निर्णयबाट होइन, साझा सहमति र सर्वसम्मत उम्मेदवारबाट मात्रै कांग्रेसले चुनाव जित्न सक्छ,” उहाँको भनाइ छ। विश्वकर्माले सभापति शेरबहादुर देउवा, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई तत्काल एकै ठाउँ बसेर सहमतिको बाटो निकाल्न आग्रह गर्नुभयो। उम्मेदवार चयन सहमतिमै गरेर कार्यकर्तालाई उत्साहका साथ चुनावी मैदानमा उतार्नुपर्ने उहाँको जोड छ।

कांग्रेसको ऐतिहासिक विरासत स्मरण गराउँदै उहाँले अन्त्यमा एकताको सन्देश दिनुभयो— “हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख। भोट रूखमै!”

यस्ताे उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे स्ट्याटस

आदरणीय नेताज्यू तथा साथीहरू
जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होईन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता गंभिर मोडमा छ !
यो अवस्थावाट मुलूकलाई जोगाऊने वलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सवैलाई आव्हान गर्यौ ! जसका कारण सवै दल निर्वाचनमा होमिएका छन !
तर मुलूकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो !
पार्टीको नियमित महाधिवेशन हुदै थियो ! विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन !
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका वारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन !
तर प्रक्रियमा काफि विमतिका वाव्जुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ !
यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशन
वाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ !
तसर्थ विवाद अव आयोग मात्रै होईन अदालत पुगिसक्यो ! अव झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार वनौ !
हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि
आज घमण्ड त्यागन तयार वनौ पार्टीका लागि !
झगडिया अरू कोही होईन हामी एकाघरका हौ !
हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ !
हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! वांकीमा अव गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! यसका लागि देउवा , गगन, पूर्णवहादुर, शेखर एकठाउमा अहिलै वस्नुस ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस !
त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन
“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख”
भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!

जयनेपाल !!!!!


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.