
काठमाडौै । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताउनुभएको छ ।बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा शुरु हुने बताउनु भयो ।
त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको र पार्टीका सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्नुहुने जानकारी दिनुभयो । रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रश्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।