
काठमाडौै । नेकपा एमाले यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ । पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराउनु भयो । उहाँले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताउनु भयो । उहाँले अझैपनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाउनु भयो ।
लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गनुृभयो । उहाँले काँग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उहाँको जिकिर छ ।