प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता उत्साहित

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता उत्साहित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता उत्साहित देखिएका छन् ।

जेन-जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनले देशलाई नयाँ मार्गमा लैजाने भएकाले मतदाता उत्साहकासाथ बिहीबार बिहानको प्रतिक्षामा छन् । निर्वाचनपछि मुलुकमा शान्ति, सुशासन, विकास र रोजगारीको अवसर सिर्जना भई मुलुक समृद्धिको बाटोमा अघि बढ्ने अपेक्षामा मतदाता छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् । जसमा पुरूष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार १ सय ३१ र अन्य २ सय रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.