धनुषामा धुमधामका साथ होली मनाइयाे

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनुषामा धुमधामका साथ होली मनाइयाे

धनुषा । धनुषामा बुधबार धुमधामका साथ होली पर्व मनाइएको छ। 

१५ दिने मिथिला मध्यमा परिक्रमाअन्तरगत मंगलबार अन्तरगृह परिक्रमापछि मात्रै स्थानीयहरूले होली उत्सव मनाउने गरेका छन्। पर्वको अवसरमा स्थानीयले रङ्ग र अविर लगाएर एकअर्कामा खुसी बाँडेका छन्। 

बिहीबार प्रतिनिधि सभा निर्वाचन हुने भएकाले स्थानीय प्रशासनले होली पर्व शान्तिपूर्ण वातावरणमा मनाउन अपील गरेअनुसार त्यसको पालना गर्दै स्थानीयले सीमित व्यक्ति भेला भएर मनाएका छन्। पर्व र चुनावको तयारीलाई सँग-सँगै व्यवस्थित बनाउन सुरक्षा र प्रशासनिक व्यवस्था दुवै सक्रिय रहेको स्थानीय प्रशासनले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.