झापा । सुरक्षाका दृष्टिले संवेदनशील मानिएको झापाका सबै मतदानस्थलमा निर्वाचनको तयारी पूरा भएको छ ।
कर्मचारी र सुरक्षाकर्मीले बुथ निर्माणदेखि दल-उम्मेदवारसँग समन्वयसम्मका काम सकेका छन् । यहाँ १० वटा मतदान केन्द्र छन् । यो केन्द्रमा बिहीबार १० हजार २ सय मतदाता सहभागी हुनेछन् ।
झापाका २ सय ८५ मतदानस्थलमा ८ सय १५ मतदान केन्द्र छन् । तिनमा करिब ९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार मतदानका लागि खटाइएका कर्मचारीहरू निर्वाचन सामग्रीसहित मतदानस्थल पुगेर बुथ निर्माणलगायतका काममा जुटेका छन् ।
हरेक निर्वाचन क्षेत्रको मतगणनास्थललाई पनि तारजालीले घेरिसकिएको छ । यहाँका २ सय ८५ मध्ये ९५ मतदानस्थल अति संवेदनशील र १ सय ४७ वटा संवेदनशील सूचीमा छन् । सुरक्षा संदेदनशीलताका बीच प्रशासनले निष्पक्ष र शान्तिपूर्ण मतदानमा सरिक हुन आम मतदातालाई आह्वान गरेको छ ।