
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण भएको छ ।
आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको हो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिन्ह छाता रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता पत्र अनुसार अब पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनेछन् भने संरक्षकमा महन्थ ठाकुर रहनेछन् । एकीकरणलगत्तै दुबै नेताले एक अर्कालाई मिठाइ खुवाएका थिए ।


