राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प : कृष्णप्रसाद सिटौला

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर गर्नुभयो । 

अहिले सबै एकताबद्ध भई निर्वाचनमा जानुपर्ने समय भएको उहाँले बताउनु भयो । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको उहाँकाे भनाइ थियाे । विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उहाँले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताउनु भयो ।

नतो सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.