
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहरबजारमा होहल्ला गर्ने निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भन्दै भ्रम फैलाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा संयोजक दाहालले दशकौंको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगउनुभयो । नागरिकमा पार्न खोजिएको भ्रम चिर्नुपर्ने उहाँको भनाइ छ ।उहाँले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रस्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भए पनि वस्तविकता त्यस्तो नभएको बताउनु भयो ।
कार्यक्रममा नेकपामा सहसंयोजक माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तामा समेत एकताको सन्देश प्रवाह गर्न आवश्यक भएको बताउनुभयो ।