
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै दलमा सहभागी नभएको स्पष्ट पार्नुभएको छ ।
सुशासन कायम गर्न आफू सरकारमा सहभागी भएको उहाँको भनाइ छ । बुधबार हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार विराटनगर आउनुभएका गृहमन्त्री अर्यालले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र आसन्न निर्वाचन गराउन बनेको सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले आफू कुनै दलमा सहभागी नभएको स्पष्ट पार्नुभयो ।
सुरक्षा गोष्ठीसँगै गृहमन्त्री अर्यालले आसन्न निर्वाचन तथा सुरक्षाको अवस्थाबारे प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम छ ।