रवि, बालेन्द्र, कुलमानलक्षित ओलीको टिप्पणी : कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि, बालेन्द्र, कुलमानलक्षित ओलीको टिप्पणी : कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरूको गठजोड भनि टिप्पणी गर्नुभएको छ ।

एमाले जस्तो बलियो पार्टीसँग प्रतिस्पर्धा गर्न दुब्लाहरूले सहकार्य गर्नुपरेको ओलीकाे जिकिर थियो । मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने बताउनु भयो । 

अध्यक्ष ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरूले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आगामी निर्वाचनमा आफूहरूकाे विजय सुनिश्चित भएको जिकिर समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.