
काठमाडौं । यो वर्ष विश्व क्रिकेटका लागि एक व्यस्त र रोमाञ्चक वर्ष बन्यो ।
रोकिएका प्रतियोगिता सञ्चालन भए । युवा खेलाडी क्रिकेटका ग्लोबल स्टार बने । साथ-साथै भारत र दक्षिण अफ्रिकाका लागि यो वर्ष निकै विशेष रह्याे । यही वर्ष केही विश्व कीर्तिमान पनि बनेका छन् । आज हामी सन् २०२५ का क्रिकेट प्रतियोगिताहरूलाई निहाल्दैछौं । सन् २०२५ का क्रिकेट प्रतियोगितालाई फर्किएर हेर्दा टेस्ट च्याम्पियन्स ट्रफी, महिला क्रिकेट विश्वकप, यू-१९ महिला विश्वकप जस्ता महत्वपूर्ण प्रतियोगिता भएका छन् ।
दक्षिण अफ्रिका आईसीसीका प्रतियोगिताहरूमा चोकर्स सावित हुँदै आएको थियो । यो पटक पनि फाइनलमा पुग्दा दक्षिण अफ्रिकी समर्थकलाई आफ्नो टिमले साँच्चै उपाधि जित्ला त भन्ने लागेको थियो । लर्डस् रंशालामा भएको खेलमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा एक सय ३८ रन मात्रै बनाएको थियो ।
त्यसैले उसले दुई सय ८२ रनको लक्ष्य पाएको थियो । फाइनलका अघिल्ला तीन इनिङमा नै दुबै टिमले ठूलो स्कोर बनाउन सकेका थिएनन् । यद्यपि एडन मारकरमले दुई सय सात बलमा १३६ रनको उत्कृष्ट पारी खेलेर दक्षिण अफ्रिकाको चोकर्सको ट्याग मेटाएका थिए ।
पछिल्लो ८ वर्षदेखि आयोजना नभएको आईसीसी च्याम्पियन्स ट्रफी यो वर्ष आयोजना हुन सक्यो । विश्वका उत्कृष्ट ८ टिमले मात्रै खेल्ने भएको कारण क्रिकेटको यो प्रतियोगिता विश्वकै कडा प्रतिस्पर्धा हुने हिसाबले पनि लोकप्रिय मानिन्छ । एक दिवसीय क्रिकेटको मूख्य प्रतियोगिता च्याम्पियन्स ट्रफीमा भारत सर्वाधिक तेस्रो पटक च्याम्पियन बन्यो ।
फाइनलमा न्युजील्यान्ड ४ विकेटले पराजित भयो । पाकिस्तानमा आयोजना गर्ने भनिए पनि भारत पाकिस्तान विवादको कारण भारतका खेल यूएईमा आयोजना भएका थिए । विश्व क्रिकेट मानचित्रमा महिला क्रिकेटले पनि उल्लेख्य स्थान लिइरहेको छ । फ्रेन्चाइज प्रतियोगिता समेत बढिरहेको अवस्थामा यसैवर्ष महिला क्रिकेट विश्वकप सम्पन्न भयो ।
भारत र श्रीलंकामा आयोजना भएको यो विश्वकपको १३औं संस्करण मात्रै हो । ८ टोली सहभागी विश्वकपमा पहिलो पटक भारत च्याम्पियन बन्यो । यसअघिका सबै विश्वकपमा इंल्यान्ड र अष्ट्रेलियामध्ये एक टिम फाइनलमा पुगेकै थिए । तर यो पटक यी दुबै टिम सेमिफाइनलमा पराजित भए ।
भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दा, प्रोटियाजले पहिलो पटक महिला र पुरुष दुबैतर्फ आईसीसीको उपाधि जित्ने अवसर भने गुमाएको थियो । यता भारतले भने महिलातर्फ विश्वकप जित्यो । पुरुषतर्फ च्याम्पियन्स ट्रफी जितेर महत्वपूर्ण उपाधि आफ्नो नाम गरेको थियो ।
यति मात्रै होइन भारतले अन्डर नाइन्टिन महिला टी-२० विश्वकप पनि जित्यो । यो नतिजाले पछल्लो वर्ष भारतीय क्रिकेटको लागि कति महत्वपूर्ण बन्यो भन्ने देखाउँछ । यो वर्ष टी-२० अन्तर्राष्ट्रियमा इतिहासकै सबैभन्दा ठूलो लक्ष्य बन्यो । इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध तीन सय चार रन बनाउनु इतिहाकै सबैभन्दा धेरै रन बनाएको खेल हो । यो खेलमा फिल सल्टले ६० बलमा नै एक सय ४१ रनको विस्फोटक इनिङ्स खेलेका थिए ।
अन्तर्राष्ट्रिय खेल बाहेकका क्रिकेटमा पनि यो वर्ष केही महत्वपूर्ण परिघटनाहरू देखिएका छन् । भारतको विजय, हजारे ट्रफीमा इतिहाकैै सबैभन्दा ठूलो लिस्ट ए स्कोर बन्यो । यो स्कोर पााच सय ७६ रनको थियो । भारतका बैभव सूर्यवंशी युवा ब्याटिङ स्टारका रुपमा उदाएका छन् ।
उनी एक करोडभन्दा धेरै रुपैयाँमा इन्डियन प्रिमियर लिगमा बिक्री भएका थिए भने डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन पनि गरेका थिए । यसैगरी जो रूट टेस्टमा सबैभन्दा धेरै क्याच लिने खेलाडी बने भने मिचेल स्टार्क सबैभन्दा धेरै विकेट लिने लेफ्ट आफम सिमर बने । विराट कोहली १४ हजार एक दिवसीय रन पुरा गर्ने खेलाडी बन्दा स्मृति मन्धनाले पनि पाँच हजार रन बनाइन् ।
.png)