मुलुकलाई निकास दिन कांग्रेस-एमालेले अविलम्ब सहकार्य गरेर अघि बढ्नुपर्छ : रामबहादुर थापा

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकलाई निकास दिन कांग्रेस-एमालेले अविलम्ब सहकार्य गरेर अघि बढ्नुपर्छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले-कांग्रेसबीच अविलम्ब सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मुलुकमा निर्वाचनको माहाेल खडा भइरहेका बेला उहाँले कांग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । मंगलबार काठमाडौंमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस-एमाले मोर्चाबन्दी गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताउनु भयो । 

संसद् पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा समेत राख्नुभयो ।

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भीर संकटमा फसेको जिकिर गर्दै त्यसको निदान कांग्रेस, एमालेले मिलेर मात्रै दिनसक्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.