
काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विभागीय डार्बीअन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको रामाञ्चक खेलमा पुलिसले एपीएफलाई ३-२ ले पराजित गर्यो । समूह 'बी' मा एक खेल गुमाए पनि अघिल्लो दुई खेल जितेको एपीएफ अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुरूवाती २ सेट आफ्नो पक्षमा पारेपनि त्यसपछि एपीएफले सानदार पुनरागमन गर्दै खेल २-२ सेटको बराबरी अवस्थामा पुर्याएको थियो । अन्ततः पुलिसले २५-२१,२५-१५,२२-२५,२१-२५ र १५-९ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
यस्तै न्यु डायमन्ड स्पोट्र्स क्लब समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नै सम्पन्न समूह 'ए' को खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । न्यु डायमन्ड समूह चरणका सबै तीन खेलमा जित हात पार्दै ९ अंक जोडेर अघि बढेको हो ।
न्यु डायमन्डले तिनवटै सेट क्रमस २५-२१, २५-१५, र २५-१५ ले आफ्नो पक्षमा पार्यो ।