रवि-बालेन्द्रलक्षित मिन विश्वकर्माको टिप्पणी : देश जलाउने लुसिफर र ठगी गर्नेसँग हामीलाई डर छैन

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि-बालेन्द्रलक्षित मिन विश्वकर्माको टिप्पणी : देश जलाउने लुसिफर र ठगी गर्नेसँग हामीलाई डर छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रतिलक्षित गर्दै देश जलाउने लुसिफरहरूबाट आफूहरूमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो । उहाँले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर नरहेको बताउनु भयो । 

विभिन्न नाटकको रूपमा गएर सिंहदरबार जलाउने, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरू जलाउनेहरूबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उहाँको भनाइ छ । उहाँले यो नेपालमा पटक-पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताउनु भयो ।

नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.