
सप्तरी । किरिया खर्च गर्न अभाव रहेको सप्तरीको राजविराज नगरपालिका-५ स्थित स्वर्ण टोलका मृतक मजदुर परिवारलाई विभिन्न संघ/संस्थाहरूले नगदसहित खानेकुरा सहयोग गरेका छन् ।
पाँच दिनअघि ७२ वर्षका अनबहादुर आले मगरको निधन भएपछि परिवारजनलाई किरिया कर्म गर्न आर्थिक समस्या परेको समाचार सोमबार कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो । समाचार प्रसारणपछि मङ्गलबार नै विभिन्न संघ/संस्थाहरूले मृतक परिवारलाई सहयोग गरेका हुन् ।
सम्बन्धित समाचार :