धनकुटाकाे पाख्रीबास नगरपालिकामा पाख्रीपार्क निर्माण

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटाकाे पाख्रीबास नगरपालिकामा पाख्रीपार्क निर्माण

धनकुटा । धनकुटा पाख्रीबास नगरपालिकाको केन्द्र पाख्रीबास बजारमा ऐतिहासिक र भौगोलिक पहिचान झल्काउने उद्देश्यले पाख्रीपार्क निर्माण गरिएको छ ।

बजारसँगैको सानो पार्कमा पाख्री नामको वनस्पतिको बिरूवा रोपेर पाख्रीवासको पहिचान दिन खोजिएको हो । पाख्रीबास नामको उत्पत्तिसँग जोडिएको पहिचान उजागर गर्न पार्क निर्माण गरिएको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताउनुभयो । 

पाख्रीपार्क निर्माणका लागि पाख्रीबास नगरपालिकाले ७ लाख ५० हजार रूपैयाँ बजेट उपलब्ध गराए छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.