
काठमाडौं । जन अधिकार पार्टीले मधेश केन्द्रित दलहरु व्यक्ति केन्द्रित भएको आरोप लगाएको छ ।
काठमाडौँमा शनिबार एक कार्यक्रमको आयोजना गरी जनअधिकार पार्टीले तराई-मधेश केन्द्रित दलहरू व्यक्ति केन्द्रित भएकाले विकासको मुद्दा ओझेल परेको आरोप लगाएको हो । पार्टीका अध्यक्ष शरदसिंह यादवले मधेश केन्द्रित तथा पुराना दलहरूले मधेशका मुद्दालाई सम्बाेधन गर्न नसकेकाले आफूले नयाँ वैकल्पिक पार्टीको निर्माण गरेको बताउनुभयो ।
यादवले तीन महिनाअघि जनमतबाट अलग भएर नयाँ पार्टी गठन गर्नुभएको हो । कार्यक्रममा डेढ सय जेन-जी युवाहरू जन अधिकार पार्टीमा प्रवेश गरेको अध्यक्ष यादवले बताउनुभयो ।