नेपाल भू-राजनीतिमा फसेकाले नवीन समझदारीको आवश्यकता : राजेन्द्र लिङ्देन

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल भू-राजनीतिमा फसेकाले नवीन समझदारीको आवश्यकता : राजेन्द्र लिङ्देन

झापा । नेपाल भू-राजनीतिमा फसेकाले नवीन समझदारीको आवश्यकता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएको छ । 

झापाको विर्तामोडमा पार्टीले आयोजना गरेको बृहत जन-जागरण सभालाई सम्बाेधन गर्नुहुँदै उहाँले राजालाई अभिभावक मानेर सबै शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार र सुशासन कायमका लागि जेन-जी आन्दोलन भएको उल्लेख गर्दै लिङ्देनले निर्वाचनले मात्र आन्दोलनको मागलाई समबाेधन गर्न नसक्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.