
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा। राजन भट्टराईले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधि सभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उहाँले बताउनुभयो । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा. भट्टराईले भन्नुभयो ।
बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।