.png&w=1000&height=550)
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सुरू भएको १९औं संस्करणको हात्ती महोत्सवअन्तर्गत शनिबार विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
शनिबार भएको हात्ती सुन्दरी प्रतियोगितामा ल्यान्डमार्क होटल पोखराको पुनमकली हात्ती पहिलो भइन् । गौतम होटल बर्दिबासको सेल्फिकली दोस्रो र हेरिटेज टुर्स एन्ड ट्राभलको चम्पाकलीले तेस्रो स्थान हासिल गरिन् । पूजाकली र सम्वृद्धिकलीले क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे ।
विजेताहरूलाई समापन समारोहमा क्रमशः १५ हजार, १० हजार र ५ हजार रूपैयाँ प्रदान गरिने हात्ती प्रतियोगिता संयोजक विनोद तिमिल्सिनाले जानकारी दिनुभयो । यस्तै महोत्सवअन्तर्गत शनिबार नै डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । डुंगा दौडमा आइत तामाङले चलाएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको डुंगा प्रथम भयो भने राहुल चौधरीले चलाएको रत्ननगर नगरपालिकाको डुंगा द्वितीय र सन्तोष बोटेले चलाएको बाघमारा मध्यवर्ती सामुदायिक वनको डुंगाले तृतीय स्थान हासिल गरे ।
डुंगा दौडमा ६ वटा डुंगा सहभागी थिए ।