
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा र राप्रपा नेपालबीच पुन: एकीकरणको सहमति भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच एकताको सहमति भएको हो । सहमति पत्रमा एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुने उल्लेख छ । प्रतिनिधि सभा चुनावको सम्मुखमा दुई राप्रपा मिलेका हुन् ।
यसअघि राप्रपा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले पार्टी छोडेर २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा हेटौंडाबाट उम्मेदवार बन्नुभएको थियो । उहाँलाई राप्रपाकै दीपकबहादुर सिंहले पराजित गर्नुभएको थियो ।
