
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा आफूले यस्तो प्रस्ताव राखेको महामन्त्री थापाले बताउनु भयो । उहाँले पार्टीको १५औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताउनु भयो ।
उहाँले समस्या समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताउनु भयो । उहाँले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लाहरूलाई महाधिवेशनमै सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने प्रस्ताव समेत आफूले राखेको बताउनु भयो । उहाँले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालितामा आवश्यक संशोधन गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पार्नुभयो ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भए पनि आफैं शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति जनाउनु भयो ।