शीतलहरले काँप्दै मधेशका विपन्न : गरिबीभन्दा चिसो भारी, सरकार मौन

पुस ९, २०८२ |विकास आर्या
शीतलहरले काँप्दै मधेशका विपन्न : गरिबीभन्दा चिसो भारी, सरकार मौन

महोत्तरी । तराईमा अहिले चिसो र शीतलहरको प्रकोप छ। 

गरिबी झेलिरहेको मधेशको ठूलो जनसंख्यासँग चिसोबाट बच्ने कुनै उपाय छैन । हरेक हिउँद काट्न उनीहरूलाई मुस्किल हुन्छ । तीनै तहका सरकार भने विपन्न नागरिकको जीवनस्तर सुधारको उपाय खोज्नुभन्दा शीतलहरको विपत्तिले घेरिसकेपछि दाउरा बाँड्नुलाई नै ठूलो काम गरेको ठानिरहेका छन् । महोत्तरीको सीमान्तकृत समुदायले झेलिरहेको चिसोको कहर समेटिएको यो रिपोर्ट ।

यिनी हुन महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरा कि ६० वर्षीय बचिया सदा, तीन छोरा र बुहारीसहित १२ जनाको तिनका परिवार छन । गरिबी र अभावका कारण परिवार पाल्न धाैधाै छ्न । शितलहरले थप सताएको छ। फुस छानो मुनि परालको ओढ्ने औचाउने भरमा कठायाङ्रीदै जीवन जिउन बाध्य छ्न।

तराइ शितलहरले छोप्दै छ । बचिया सदा जस्तै दुरदसा भएका विपन्न परिवार यसपाली जाडो कसरी काटने भनेर चिन्तित छ्न । तिनै मध्ये एक महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरा कि राम बति सदा हुन् । २० वर्ष अघि श्रीमान गुमाएकी राम बतिको घरमा कमाउने कोइ छैन । एउटी छोरी छिन् त्यो पनि आफ्नो श्रीमानसँग बस्छिन् । उहाँसंग चिसो थाम्ने लुगा छैन । दाउरा र परालले चिसो जाला कि नजाला त्यसै भन्न सकिदिन्न उनि ।

हरेक वर्ष शितलहर दलित र विपन्न परिवारका लागि ठूलो काल बनेर आउँछ । यसो त उनीहरू शितलहर भन्दा गरिबी र अभावका कारण दु: खसँग पिढाजोडी गर्दै बाच्न बाध्य छन । तिनै तहका सरकार जाडोबाट ज्यान गुमाउनु पर्दैनन् भने त भन्छन् तर आश्वासनले न्यानो मिलदैन् । दुई छाक टार्नै मुस्किल भएका विपन्नको काठ्हृग्रै बस्नुको विकल्प छैन ।

गत वर्ष पनि महोत्तरीमा शितलहरका कारण मृत्यु हुनेको तथ्यांक छँदै छ । यसवर्ष पनि जाडो बढी सकेको छ । मध्य तराईका आम नागरिक परालको आगो तापेर जाडो कटाउने प्रयत्न गरी रहँदा तिनै तहका सरकार भने योजनाविहीन छ्न । जिल्ला विपद् समयन्त्र पनि नाम मात्रको छ ।

नजिकैको सरकार भएकाले विपद्को पुर्व तयारीमा स्थानीय सरकार विशेष चनाखो रहनु पर्छ र त्यसैअनुसार योजना बनाउनु पर्छ तर उसको लागि बाढी आएको बेला नदिमा पुल बनाउनु जस्तै हो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।