
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ।
चन्द नेतृत्वको नेकपा (माओवादी)ले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार सरकार भंग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जेन-जी आन्दोलनको भावनाअनुसार, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, भदौ २४ गते भएको आगजनीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने , भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने, संविधानको पुनर्लेखन गर्नुपर्ने लगायतका माग गरीएको छ ।
चन्द नेतृत्वको नेकपा (माओवादी)ले विभिन्न १३ बुँदे माग अघि सारेको छ। ज्ञापनपत्रमा राखेका माग १० दिनभित्र पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ।

