११औँ महाधिवेशनमा एमालेभित्र शक्ति संघर्ष, ओली र पोखरेल समूह आमने-सामने

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
११औँ महाधिवेशनमा एमालेभित्र शक्ति संघर्ष, ओली र पोखरेल समूह आमने-सामने

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि ११औं महाधिवशेनमा होमिएको एमालेभित्र अहिले दुई पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह आ-आफ्ना पक्षमा प्रतिनिधि तान्न सक्रिय छन् । संस्थापन पक्ष ओली नभए एमाले हुँदैन र एमाले नभए देश हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ भने इतर पक्षले सुसुप्त रूपमा ओलीविरोधी जमात बढाउँदै लगेको छ । 

ओली र पोखरेल पक्ष केन्द्रीय सदस्यदेखि अध्यक्षसम्मै समूह बनाएर उम्मेद्‌वारी दिने तयारीमा छन् । तर कुनै पनि पक्षले पदाधिकारी समूह घोषणा गरेका छैनन् । एमालेभित्र महाधिवेशनभन्दा पहिलादेखि नै दुई समूह सक्रिय बन्दै आएका थिए ।

संस्थापन समूह एमाले अध्यक्ष केपी शर्मा ओलीको छ भने संस्थाप न इतर समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दै आउनु भएको छ । पूर्व राष्ट्रपतति विद्यादेवि भण्डारीको एमालेमा फर्कने र राजनीति गर्ने बाटो बन्द गरेपछि विकल्पमा वरिष्ठ उपाध्यक्ष पोखरेल अध्यक्षको प्रत्यासी बन्नु भएको हो । 

चितवनमा भएको १०औं महाधिवेशमा ओलीको चाहनाअनुसार एकलौटी नेतृतव चयन भएको थियो । नेतृत्व चयनका लागि लोकतान्त्रिक प्रतिस्पर्धालाई नेतृत्व तहदेखि प्रतिनिधिसम्मले चाहेको देखिन्छ । ओलीको क्याम्प छाडेर पृथ्वी सुब्बा इतर समूहमा आए महासचिवमा अगाडि सार्ने तयारी पनि ईश्वर समूहको छ । 

गुरूङ नआए योगेश भट्टराईलाई महासचिवको रूपमा अगाडि सार्ने तयारी यो पक्षको छ । शंकर पोखरेल दोहोरिएको खण्डमा सुरेन्द्र पाण्डेलाई अगाडि सार्ने सम्भावना छ । दुबैतर्फको तयारी हेर्दा एमालेको यो महाधिवेशनमा चर्को प्रतिस्पर्धा हुने लगभग निश्चित छ । 

ओली र पोखरेल पक्ष केन्द्रीय सदस्यदेखि अध्यक्ष सम्मै समुह बनाएर उम्मेदवारी दिने तयारीमा छन । तर कुनै पनि पक्षले पदाधिकारी समूह घोषणा गरेका छैन । दुबै पक्ष एक अर्को पक्षमा खुलेका र कतै नखुलेका नेताहरू आफ्नो पक्षमा तान्ने प्रयासमा छन् ।

१९ पदाधिकारीबाट घटाएर १५ जनामा सीमित बनाएका कारण पनि नेताहरूलाई समेट्नुपर्ने दबाब ओलीलाई छ । त्यसैगरी नेकपा माओवादीबाट आएका नेताहरूलाई समेट्नै पर्ने बाध्यता समेत ओलीलाई छ । एघारौं राष्ट्रिय महाधिवेशन सुरू हुनुअघि शुक्रबार बसेको अन्तिम सचिवालय बैठकमा ओलीले नै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा राखेका थिए । तर इतर पक्षले नमानेपछि सहमति जुट्न सकेन र विधान संशोधनको प्रस्ताव अगाडि बढेन । 

एघारौं महाधिवेशनमा २२ सय ६२ निर्वाचित र १ सय ८ मनोनित प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । नेतृत्वका लागि अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवका लागि प्रतिस्पर्धा हुनेछ । सबै पदमा तिव्र प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।

पदाधिकारी केन्द्रीय कमिटिको नबढ्दा आकांक्षी व्यवस्थापनमा जटिलता आउने देखिएको छ भने प्रतिस्पर्धा रोचक हुनेछ । जेन-जी आन्दोलनपछि हुन लागेको महााधिवेशनबाट पार्टी संरचनामा युवाको प्रतिनिधित्व गराउनु पर्ने दबाब छ । अनेरास्ववियु, युवा संघ लगायतका विभिन्न जनबर्गीय संगठनको नेतृत्व गरेका र उमेरहदका कारण बाहिरिएका युवाहरू केन्द्रीय सदस्यमा डेब्यूको तयारीमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.