भदौ २३ र २४ मा भएकाे जेन-जी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

मंसिर २६, २०८२ |खम्म खत्री
भदौ २३ र २४ मा भएकाे जेन-जी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

अछाम । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भिम रावलले भदौ २३ र २४ गते भएको घटनाको जिम्मेवारी केपी ओलीले लिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार अछामको मंगलसेनमा भएको आमसभालाई सम्बाेधन गर्दै नेता रावलले ओलीको दम्भका कारण भदौमा आन्दोलन भएको र देशमा तहस-नहसको घटना भएको भन्दै त्यसको जिम्मा ओलीले लिनुपर्ने बताउनुभएकाे हाे ।

ओलीले नेकपाको बहुमतको सरकारको प्रधानमन्त्री भएको बेला आफूले संसद् विघटन गरेको कुरालाई भुलेर अहिले जेन-जी आन्दोलनलाई बेवास्ता गर्दै चुनावमा सहभागी हुँदैनाैँ भन्नु हास्यास्पद भएको उहाँले बताउनु भयो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।