एमाले सचिवालय बैठक सुरू : महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सचिवालय बैठक सुरू : महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो । बैठकमाआगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ । बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.