
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि आफूले उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय आफूले गरिनसकेको बताउनुभएको छ।
पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफैं उम्मेदवार हुने कि अरू कसैलाई अघि सार्ने भन्ने विषयमा निर्णयका लागि छलफल गर्न बाँकी नै रहेको ओलीको भनाइ छ । कान्तिपुरसँग कुरा गर्दै ओलीले आफ्नो साटो अन्य नेतालाई उम्मेदवार बनाउन सकिनेसमेत संकेत गर्नुभएको हो।
अध्यक्ष ओलीले आफ्नो समर्थन नभई कुनै नेताले अध्यक्ष पद जित्न नसक्ने दाबी समेत गर्नुभयो। 'मैले जसलाई समर्थन गर्छु, उसले ७०-७५ प्रतिशत मत ल्याउँछ', ओलीले भन्नुभयो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीले उठाएको उम्मेदवार भन्दै भण्डारी स्वयंले पनि आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने ओलीको जिकिर छ।
महाधिवेशदेखि निर्वाचनसम्मको पार्टीको तयारीलगायतका विषयमा ओलीसँग गरिएको अन्तर्वार्ता आइतबार कान्तिपुर दैनिक र इ-कान्तिपुर डट कममा प्रकाशित हुनेछ।