सरकारले निर्वाचनको वातावरण बनाओस् : प्रगतिशील लोकतान्त्रिक पार्टी

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले निर्वाचनको वातावरण बनाओस् : प्रगतिशील लोकतान्त्रिक पार्टी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बुधबार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष,धाँधलीरहीत, शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो । सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किराँतीले बताउनु भयो । 

त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ । जेन-जीहरूले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरू पनि आफूहरूले सरकारसँग राखेको नेता किराँतीले बताउनु भयो ।

त्यसैगरी सो पार्टीले सहकारी ठगहरुलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.