
काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आउनुभएको उहाँले बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । जेन-जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरूलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरूबीच आपसी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले फराकिलो दृष्टिकोणसहित साझा एजेन्डामा आबद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो । उहाँले आफू वैकल्पिक शक्तिहरूलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताउनु भयो । उहाँले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिनुभयो ।