ओलीलाई घनश्याम भुसालले भन्नुभयाे- निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलाई घनश्याम भुसालले भन्नुभयाे- निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्

काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताउनुभएको हो । कार्यवाहक अध्यक्ष भुसालले एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न आग्रह गर्नुभयो । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने उहाँकाे भनाइ छ । 

उहाँले कांग्रेसलाई चुनावको बारेमा दुविधा नपाल्न समेत अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरून् । एमालेले पनि नगरोेस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईंले पनि चुनाव बिथोल्नेतर्फ नलाग्नुस् । कांग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दैछ, त्यसलाई विश्वास गर्न मानिसहरूले छाडिसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।’

कार्यवाहक अध्यक्ष भुसालले पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको जिकिर पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.