सन्तोष परियारद्वारा रास्वपा परित्याग

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ ।

विघटित प्रतिनिधि सभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहनुभएका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो । “बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु”, उहाँले राजीनामा पत्रमा भन्नुभएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उहाँको आगामी यात्राका लागि शुभकामना दिनुभएको छ । यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बन्नुभएका सुमना श्रेष्ठले पनि पार्टी परित्याग गर्नुभएको थियो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.