सुशासनका लागि शुद्ध चित्तले काम गरिरहेको छु : गृहमन्त्री अर्याल

कार्तिक २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुशासनका लागि शुद्ध चित्तले काम गरिरहेको छु : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनका लागि शुद्ध चित्तले काम गरिरहेको बताउनुभएको छ । जेनजी अगुवा सुदन गुरुङ लगायतले गृहमन्त्रीको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा आफुले गरिरहेको काम मन्त्रालयको संवेदनशीलताका कारण सबैलाई बताउन नमिल्ने उल्लेख गर्नु भएको छ । 

उहाँले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.