
काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन हुनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको हो । त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ । अध्यक्ष दाहाललाई संयोजक र नेपालाई सहसंयोजक चयन गर्न नेता महिन्द्रराय यादवले सम्मेलनमा प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ताव पारित भएको हो ।
सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि पारित गरेको छ ।