हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : राम कार्की

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : राम कार्की

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गर्नुभयो । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उहाँको भनाइ छ । 

केही नेताहरूको लागि पार्टीहरू भए पनि जनता र जेन-जीको नजरबाट हेर्दा पार्टीहरू विघठित भइसकेको उहाँले बताउनु भयो । उहाँले जेन-जी युवाहरूको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाउनु भयो ।

नेता कार्कीले आफूहरूले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गर्नुभयो । उहाँले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजबादी संगठन निर्माण गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.