राजनीतिक दलहरू सुसंगठित भएर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरू सुसंगठित भएर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसंगठित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रतिलिपि नागरिकता लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरू टुट्नु-फुट्नु राम्रो नभएको बताउनु भयो । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीहरू टुट्नु-फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उहाँले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनु भयो । सुरक्षाकर्मीहरूका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने उहाँकाे भनाइ छ । राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.