माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरू

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरू भएको छ ।

नेकपा (एकीकृत समाजवादी)लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सुरू भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका ८ दलले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सो सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

भोली अर्थात् बुधबार कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.