आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने कांग्रेस संस्थापन पक्षीय नेताहरूकाे प्रस्ताव

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने कांग्रेस संस्थापन पक्षीय नेताहरूकाे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन विवाद चर्किरहेका बेला नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

नयाँ बानेश्वरको एक होटलमा सोमबार दिनभर बसेको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले मंसिरमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकाल्दै नियमित महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेको हो । पुस १५ भित्र क्रियाशील सदस्यता नबीकरण र नयाँ वितरण गरिसक्नुपर्ने र वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छ ।

आजै बिहान विशेष महाधिवेशन पक्षधरहरूले नेता शेखर कोइरालालाई भेटेर विशेष महाधिवेशनको वातावरण बनाउन पहलका लागि नेतृत्व लिन आग्रह गरेको थियो । विशेष महाधिवेशन अहिलेसम्म केन्द्रीय समितिको एजेन्डा बन्न नसकेको गुनासो गर्दै उनीहरूले कोइरालासँग सहयोग मागेका हुन् । 

यो पक्षले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको भेला भोलि बोलाएको छ । यता सहमति खोज्न ३ दिनदेखि शीर्ष नेताहरूको बैठक बसिरहे पनि सहमति जुट्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.