
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित एकता हुँदै गर्दा दुबै दलभित्र पनि विग्रह र विभाजन देखिएको छ ।
समाजवादीको एउटा समूह एमालेमा फर्कने कि पार्टी पुनर्गठन गर्ने भन्नेमा पनि विभाजित छ । नेता झलनाथ खनालसहितका नेताहरू एमालेमा जान सकिने भनिरहेका छन् । त्यसका लागि एमाले सच्चिनुपर्ने, गलत चिन्तन छाड्नुपर्ने तथा राजनीतिक नीति र विचार मिल्नुपर्ने उनीहरूको सर्त छ । तर एमालेका नेताहरू भने सर्तसहित पार्टीमा फर्काउन तयार देखिन्नन् ।
एमाले महासचिव शंकर पोखरेलले नीति र नेतृत्वमा प्रश्न उठाएर फर्कने आस नगर्न भन्नुभएको छ ।