नेपाली कांग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ : पूर्णबहादुर खड्का

कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरूण दलको ७३औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उहाँले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको हो । 

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने समेत बताउनु भयो । चालु केन्द्रीय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दाबी थियो । 

उहाँले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरूलाई आह्वान समेत गर्नु भयो । कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेल्नुभएको भुमिका उल्लेखनीय रहेको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.