
काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले आज सरकार विस्तार गर्दै हुनुहुन्छ । मन्त्रिपरिषदमा सहभागी हुने चार जना नयाँ मन्त्रीको नाम तय भएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सुधा गौतम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनारले आज सपथ लिदै हुनुहुन्छ । यसैगरि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको सचिवालयले जनाएको छ ।
चारै जना मन्त्रीले आजै शपथ लिने बताइएको छ ।