
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले मुलुक निकै अप्ठ्यारोमा पुगेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा सम्पादकहरूसँग कुरा गर्दै प्रसाइँले देश बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाँले सिंहदरबार, संसद् र सर्वोच्च अदालत योजनाबद्ध रूपमा जलाइएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गर्नुभयो ।
उहाँले लगानीको वातावरण नभएको र युवा पलायन बढ्दै गएको उल्लेख गर्नुभयो ।