निर्वाचनमा जान दलहरू सहमत भइसकेको दाबी गर्दै चुनावी वातावरण बनाउन दाहालकाे आग्रह

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा जान दलहरू सहमत भइसकेको दाबी गर्दै चुनावी वातावरण बनाउन दाहालकाे आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले निर्वाचनमा जान दलहरू सहमत भइसकेको दाबी गर्दै चुनावी वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

अगुवा कार्यकर्ता प्रशिक्षणका लागि गोरखा पुगेका दाहालले आइतबार पत्रकार भेटघाटको क्रममा तोकिएको समयमा शान्तिपूर्ण र निषक्षरूपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभयो ।

उहाँले एकताका लागि विभिन्न दलसँग छलफल भइरहेको भए पनि चुनाव चिन्ह र नामको बारेमा कुनै पनि निर्णय नभएको समेत प्रष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.