यही महिनाभित्र ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालनमा आउने

कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
यही महिनाभित्र ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालनमा आउने

काठमाडौं । सरकारले यही महिनाभित्र स्टार्ट-अप उद्यम प्रवर्द्धन तथा प्रोत्साहन व्यवसाय केन्द्र ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ ।

नयाँ योजना भएका युवालाई व्यवसाय सुरू गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयक सचिव रामप्रसाद घिमिरेले कात्तिकभित्रै काठमाडौंमा सेन्टर स्थापना गरिने जानकारी दिनुभयो । 

उद्यमीहरूले भने सातै प्रदेशमा सेन्टर स्थापना गरी नयाँ विचार र योजना भएका स्टार्ट-अफका लागि सहयोग गर्न सुझाव दिँदै आएका छन् । विजनेश इन्कुवेसन सेन्टरले स्टार्ट अपका लागि नयाँ विजनेस योजना बनाउन, बजार अध्ययन गर्न, वित्तीय योजना बनाउनेलगायतका क्षेत्रमा सहयोग गर्छ । 

सरकारले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने सुधारको योजनामा पनि विजनेश इन्कुवेसन सेन्टरलाई प्राथमिकतामा राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.